किम जोङ उनले पहिलो पटक सार्वजनिक गरे आफ्नी छोरी



उत्तरकोरियाका नेता किम जोङ–उन आफ्नी कान्छी छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन् । विश्वको सबैभन्दा गोप्य राज्यको नेतृत्व गर्ने नेता किमको व्यक्तिगत जीवन बारेमा धेरै कम थाहा भएका बेला सार्वजनिक भएको बाबुछोरीको तस्बिर अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरूमा व्यापक भएको छ ।

सेतो कोट लगाएकी आफ्नी छोरी किम चु–एको हात समाएर शुक्रबार उनी अन्तरमहादेशीय ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपणको निरीक्षणमा सहभागी हुनुभएको तस्बिर प्योङयाङले शनिबार सार्वजनिक गरेपछि क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाइएका लामो समयदेखि चलिरहेका अफवाहको पुष्टि भएको हो ।


संयुक्त राज्य अमेरिकासम्म प्रहार गर्ने क्षमता भएको देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको स्थलमा नेता किम श्रीमती, छोरी र वरिष्ठ अधिकारीका साथ उपस्थिति भएको उत्तरकोरियाको आधिकारिक समाचार संस्था केसिएनएले जनाएको छ ।

उक्त क्षेप्यास्त्र अमेरिकाका जुनसुकै स्थानमा प्रहार गर्न सक्षम रहेको दाबी गरिएको छ । नेता किमले शुक्रबार परीक्षण गरिएको उक्त क्षेप्यास्त्र अमेरिकी सैन्य धम्कीलाई नियन्त्रण गर्ने भरपर्दो एवम् अधिकतम क्षमता भएको हतियार भएकामा त्यसप्रति गर्व गर्नुभएको छ । क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले पनि सुपरसोनिक बमवर्षक विमान उडाएर शक्ति प्रर्दशन गरेको छ ।