काभ्रे क्षेत्र नं १ को मतगणना प्रारम्भ



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ र त्यस अन्तर्गतका प्रदेशसभा ‘क’ र ‘ख’ को प्रत्यक्षतर्फको मतगणना आज सुरु गरिएको छ ।

भौगोलिक विकटताका कारण सोमबार दिउँसो मात्रै पनौतीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेपछि बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभा र प्रदेश सभासदस्यको मतगणना सँगसँगै गर्ने निर्णय भएपछि मतगणनाका लागि आवश्यक स्थल निर्माण गरेर मतगणना सुरु गर्दा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ ।


पनौती नगरपालिकाको कार्यालयको सभाकक्षमा आज बिहान ९ बजेदेखि मतगणना सुरु भएको क्षेत्र नं १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले बताए । उनका अनुसार अहिले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ को खानीखोला गाउँपालिका–६ बाट मतगणना सुरु गरिएको छ ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि १ (क) को नमोबुद्ध नगरपालिका–५ बाट मत गणना सुरु गरिएको छ भने प्रदेशसभा सदस्य (ख) का लागि खानीखोला गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।