काठमाडौँको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला



काठमाडौँ । काठमाडौँको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

शुक्रबार बिहान बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।


उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको प्रहरीले जनाएको छ । बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् ।

निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।