काठमाडाैँ क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी



काठमाडाैँ । काठमाडाैँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी भएका छन् । पार्टीका क्षेत्रीय सभापतिसमेत रहेका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाडाँै क्षेत्र नं १० प्रदेश (१) को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेशराज सापकोटाले सात हजार चार सय मत पाएका छन् ।