कांग्रेसद्वारा पार्टीविरुद्ध लाग्ने पाँच नेतालाई पार्टीबाट निष्काशित



काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै पाँचजनालाई पार्टीबाट निकालेको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले सोमबार विज्ञप्ति जारी गरी पाँचजनालाई लागि ५ वर्षका लागि निष्कासन गरेको जानकारी गराएका छन् ।


बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले जनाएको छ ।