कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गरे मतदान



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन् ।

खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।


उनी प्रतिनिधिसभा सदस्य पदमा सुर्खेत–१ मा उम्मेदवारसमेत छन् ।