कपिलवस्तु-२ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी



कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् ।

आचार्य ३९ हजार १४ मत ल्याएर निर्वाचित भए भने एमालेका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् ।