कञ्चनपुर क्षेत्र नं ३(१) बाट प्रकाश रावल निर्वाचित



बेदकोट । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभामा निर्वाचित भएका छन् । कञ्चनपुर क्षेत्र नं ३ को प्रदेशसभा १ बाट रावल प्रदेशसभा सदस्य चुनिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रावल आठ हजार सात सय १८ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिएका छन् । उनका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले छ हजार आठ सय ५८ मत ल्याए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का टेकेन्द्रप्रसाद भट्टले छ हजार एक सय ९५ मत ल्याए ।