ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु



झापा । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो ।

झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।


प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको आइतबार देशभर एकसाथ भएको मतदानको गणना हुने क्रम जारी रहेको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमाले ७, नेपाली काँग्रस ३, राष्ट्रिय स्वतन्त्र पार्टी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र जनामत पार्टी १ स्थानमा अग्रता रहेको छ ।