एमालेले खाता खोल्यो, ललितपुर-२ मा प्रेमबहादुर महर्जन विजयी



ललितपुर । ललितपुर- २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका हुन् ।

महर्जनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जनले १० हजार १३६ मत पाएका छन् ।


एकीकृत समाजवादीका कृष्ण लाल महर्जनले ९५३९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ७७९९ मत पाएका छन् ।