उदयपुर-१ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मञ्जु चौधरी



उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिएका छन् । एक हजार मत गणना गरिसक्दा खड्काले ४०४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले ३८७ मत ल्याएकी छन् । यस्तै राप्रपाका ध्रुवकुमार रायमाझीले ५१ मत ल्याएका छन् भने जसपाका गोपाल राईले ४६ मत पाएका छन् ।


यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले ३४ मत प्राप्त गरेका छन् ।