अछाम–१ : एकीकृत समाजवादीको अग्रता कायमै



अछाम । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् । अछाम निर्वाचन क्षेत्र नं १ मा उनले सुरुआतदेखि नै अग्रता कायम राखेका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार दुई सय ९० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहराले छ हजार दुई सय ६४ मत प्राप्त गरेका छन् ।


यस्तै क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाहले पनि अग्रता कायम गरेका छन् । शाहले आठ हजार छ सय ५७ मत प्राप्त गरेका छन् भने एमालेका यज्ञ बोगटीले पाँच हजार सात सय २९ मत पाएका छन् ।