हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित



सिमकाेट । हुम्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत विजयी हभएका छन् ।

उनले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गरेका हुन् । शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । यस्तै नेकपा(एमाले)का उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने नेकपा (एकीकृत समाजवादी)का हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे ।