हिमालय एयरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु



भैरहवा । हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ । हिमालय एयरलाइन्स जजिरा एयरपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सले बिहीबार क्वालालम्पुरका लागि उडेको हो । हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएको थियो ।


१३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार अहिले दैनिक चार्टड उडान थालिएको हो । यो परीक्षण सफल भएमा हिमालयले सेड्युल उडान थाल्ने उनले जानकारी दिए ।