काठमाडौँ । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औँ मिनेटमा गोल गरेकी थिइन् । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोल अन्तरले हराएको थियो