सर्लाही-२ (ख) मा कांग्रेसका कौशलकिशोर निर्वाचित



सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ को (ख)मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई १७९ मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेसका रायले ९ हजार ६२६ मत पाए भने पराजित चौधरीले ९ हजार ४४७ मत प्राप्त गरे । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले ८ हजार ९४० मत प्राप्त गरे ।