सप्तरीबाट क्षेत्र नं ४ प्रदेशसभा (१) मा नेकपा (एस) विजयी



राजवराज । सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका छन् । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए । एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए ।


गत निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याएका थिए । हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक÷एक स्थानमा विजयी हासिल गरेको छ ।