सन्दिप लामिछानेविरुद्धको मुद्दाको बहस सकियो, केहीबेरमा आदेश आउने



काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ । सो मुद्दामा बहस सकिएसँगै अहिले केहीबेरमा आदेश आउने भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आज नै थुनछेक आदेश दिनेछ ।


गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​