विश्वकप फुटबल : दोस्रो वरीयताको बेल्जियम मोरक्कोसँग पराजित



काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो । मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन् ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २-० को जीत हात पा¥यो । जीतसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोले दुई खेलमा चार अङ्क जोडेको छ । समूहमा बेल्जियमको तीन, क्रोएसिया एक र क्यानडा शुन्य अङ्क छ ।