काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद वलीलाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन बिथोल्ने अभियानमा लागेको भन्दै केही दिन यता विप्लव समूहका नेता र कार्यकर्तालाई सरकारले उच्च निगरानीमा राखेको छ । यसैक्रममा बिहीबार साँझ प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज वलीलाई पक्राउ गरेको हो ।
विप्लव नेतृत्वको नेकपासहित केही वामपन्थी दलले चुनाव बहिष्कार गर्ने घोषणा गरेपछि प्रहरीले निगरानी बढाएको छ।