विकल्पसहित व्‍यवस्थापन गर भन्दै सुकुमबासी आन्दोलित



काठमाडौँ । काठमाडौँ थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

ठूलो संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन गरेका हुन् ।


महानगरपालिकाले सोमबार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि थापाथलीक्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरुसमेत घाइते भएका थिए ।

नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साहबिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।