ललितपुर-२ मा एमालेको सुरुवाती अग्रता



काठमाडौँ । ललितपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । जारी मतगणनामा कूल ४ हजार ७८८ मत गनिसक्दा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन् ।

गएरातिदेखि सुरु गरिएको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाउँदा राप्रपाका उम्मेदवारले ६७६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८९७ मत ल्याएका छन् ।