रौतहट–१ मा माधव नेपालकाे अग्रता कायमै, एमालेका उम्मेदवार ४९२२ ले पछि



राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा रौतहट–१ बाट प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले करिब पाँच हजार मतले अग्रता लिएका छन् ।

पछिल्लो गणनाअनुसार नेपालले १९ हजार २१९ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले १४ हजार २९७ मत पाएका छन् ।


गुप्ताले पाएको मतभन्दा नेता नेपालले पाएको मत ४ हजार ९२२ धेरै हो । निरन्तर अग्रता लिँदै आएका नेपाल भारी मतले विजयी हुने अनुमान गरिएको छ ।