रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु



रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ ।

आगलागीपछि उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो । आगो ३ हजार ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । घटना बारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउँन बाँकी छ ।