रुपन्देही–४ (२) मा काङ्ग्रेसका वसिउद्दिन खाँ निर्वाचित



रुपन्देही ।रुपन्देही–४ (२) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन् ।

चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए ।


यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ । प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि छन् ।