राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन

af9Ln] aufPsf] sf7 bfp/f ;Íng vh'/f -afFs]_, @) c;f]h M jiff{n] /fKtL gbLdf cfPsf] af9L;Fu} gbLdf hËnaf6 au]/ cfpg] sf7 bfp/f afFs] l;wflgof 3f6df :yfgLox? bfp/f / sf7 gbLaf6 ;Íng ub}{ . t:jL/ M /fs]z s'df/ ld> ÷/f;;


तुलसीपुर । गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३।७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।

कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर रमानन्द दासका अनुसार यी दुईवटै ठूला नदीले कटान नगरेको स्थानमा तटबन्धन नगरे अर्को वर्ष ठूलो क्षति हुनसक्छ । “हामीले गएको वर्षात्ले तटबन्धनमा गरेको क्षतिको विवरण निकालेका छौँ”, उनले भने, “जहाँ १३।७ किलोमिटर क्षेत्रफलमा क्षति भएको छ, यदि त्यो क्षेत्रमा यो वर्ष नै तटबन्ध नगरे अर्को वर्ष बाढीले क्षति गर्छ ।”


क्षति भएको क्षेत्रको विवरण विभागमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइसकेको समेत उनले बताए । अहिले तटबन्धनका लागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उनको भनाइ छ । त्यो क्षेत्रमा तटबन्धन गर्न करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै सहायक नदीहरूमा पनि विभिन्न स्थानमा क्षति भएको छ ।  

उनका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर, राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पुर्याएको छ । त्यस्तै बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको  वडा नं ११, १२, १३ र १४ सहित दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पुर्याएको छ । जनताको तटबन्धनले राप्ती र बबई नदीमा तटबन्धन निर्माण गर्ने काम गर्छ ।