युक्रेन युद्धका कारण रूसले ग्यासको आपूर्तिमा कटौती गरिरहेको अवस्थामा युरोपले अर्को वर्ष प्राकृतिक ग्यासको अभाव हुन नदिन तत्काल कदम चाल्नुपर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बिहीबार चेतावनी दिएको छ ।
सन् २०२३ को ग्रीष्मऋतुमा आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन र भण्डारण स्थललाई पर्याप्त मात्रामा भर्न आवश्यक पर्ने ३० अर्ब घनमिटर ग्यास अभाव हुन सक्ने पेरिसस्थित एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ । आईईएका अनुसार यदि रूसले पाइपलाइनमार्फत् हुने इन्धन आपुर्तिलाई पूर्ण रूपमा बन्द ग¥यो र चीनले तरलीकृत प्राकृतिक ग्याँसको आयात बढायो भने गयस अभाव हुनेछ ।
यूरोपले रूसी आपूर्ति प्रतिस्थापन गर्न चीनमाथि भरोसा गरेको छ । रूसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोधस्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो, तर यो क्षेत्र आगामी हिउँदका लागि भण्डारण स्थलहरू भर्न सक्षम भएको यसअघि बताइएको थियो । मस्कोले यस वर्ष युरोपलाई ६० अर्ब घनमिटर ग्यास आपूर्ति गरेको छ ।
आईईएले एक रिपोर्टमा बताएअनुसार रूसले सन् २०२३ मा त्यति नै रकम उपलब्ध गराउने सम्भावना निकै कम छ र यसले पूर्ण रूपमा आपूर्ति बन्द गर्न सक्छ । विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकाय आईईएले आगामी वर्ष अभावको जोखिमबाट बच्न युरोपले ‘तत्काल कदम चाल्नुपर्ने’ बताएको छ ।