यी नेताले आफैँलाई मतदान गर्न नपाउने



काठमाडौँ । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आज मंसिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।

आगामी पाँच वर्षका लागि सङ्घ र प्रदेशमा नेतृत्व चयनका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउनेछन्। आयोगले प्रत्यक्ष तथा समानुपातिकतर्फ आज एकसाथ मतदान गर्ने तयारी गरेको हो।


केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैन ।

मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।