काठमाडाैँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ५७ पैसा र बिक्री दर १३६ रूपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५५ पैसा र बिक्री दर १५८ रूपैयाँ २७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।