यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ७८ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा पुगेको छ।


यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ २८ पैसा र बिक्री दर १३५ रुपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५४ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?