मोरङ–४ को प्रतिनिधिसभामा मोदीको अग्रता



माेरङ । मोरङमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीले एक हजार एक सय ४८ मत ल्याएका छन् ।

जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आज साँझ ६ः३० बजे सार्वजनिक गरेकाे मत परिणामअनुसार नेकपा एमालेका विनोदप्रसाद ढकालले छ सय ३१ र राप्रपाका रवि रिजालले एक सय एक मत प्राप्त गरेका छन् ।


मत कटहरि गाउँपालिका–४ को खैरवना मतदानस्थलको क, ख र ग को दुई हजार एक सय ४४ मतमध्ये सदरमत दुई हजार १० भएको उनले जानकारी दिए । यसैगरी क्षेत्र नं ४(१) प्रदेशसभातर्फ सत्ता गठबन्धनकातर्फबाट नेकाका गुरुराज घिमिरेले नौ सय सात, नेकपा एमालेका जयप्रकाश चौधरीले सात सय सात र राप्रपाका आशनारायण माझी थारुले दुई सय ५५ मत ल्याएका छन् ।