माधव नेपालले गरे रौतहटबाट मतदान



रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्।

उनल रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्। यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन्।


नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।