मनाङमा कांग्रेसले लियो अग्रता



मनाङ । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको मतगणनामा नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङलाई उछिन्दै टेकबहादुर गुरुङले अग्रता लिएका हुन् ।

चार हजार ६७ मतगणना हुँदा कांग्रेसका गुरुङले दुई हजार एक सय १८ मत प्राप्त गर्नुभएको छ भने एमालेका गुरुङले एक हजार नौ सय २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुले पाँच मत प्राप्त गरेका छन् भने हालसम्म १५ मत बदर भएको छ । जिल्लामा ४ हजार ८ सय ४५ खसेको थियो ।