मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित



मनाङ । मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । प्रदेशसभा २ मा यसअघि नै ’दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन् ।