मतगणनामा पछि परे पूर्वप्रधानमन्त्री खनाल



माेरङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसकेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल जारी मतगणनामा अगाडि छन् भने पूर्वप्रधानमन्त्री खनाल मतगणनामा पछि परेका छन् ।


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा निर्वाचन क्षेत्र नं १ बाट २५ हजार पाँच सय ३४ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे ।