मकवानपुर–१ मा डिनाकाे अग्रता, पछ्याउँदै कमल थापा



मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले एक हजार आठ सय ९४ मत ल्याएर अग्रता लिएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले सूर्य चिह्नमा एक हजार एक सय ३४ मत प्राप्त गरेका छन् । अर्का राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले दुई सय ८१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा साँझ साढे ७ बजेसम्म तीन हजार छ सय ८५ मतगणना सकिएको छ ।


त्यसैगरी क्षेत्र नं २ मा चार हजार चार सय १७ मत गन्दा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले एक हजार नौ सय २० मत ल्याएर अग्रता हासिल गरेका छन् । यसैगरी नेकपा(एमाले)का उम्मेदवार महेश बर्तौलाले एक हजार ६ सय पाँच मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय एक मत प्राप्त गरेका छन् ।