मकवानपुरका मतदान अधिकृतलाई तालिम



मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुरमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । दुईदिने सो तालिममा आठ सय जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराइएको छ ।

जिल्लामा एकसय ६५ वटा मतदानस्थल रहेको र तीन सय ७४ वटा मतदान मतदान केन्द्र रहेको र त्यसका लागि सात सय ७८ जना तथा थप अरु १० प्रतिशत कर्मचारी गरी आठ सय कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।


सो तालिममा निर्वाचन अधिकृतहरूले गर्नुपर्ने काम, मतदान गर्ने तरिका, मतपेटिका सिल गर्ने, भीड नियन्त्रण गर्ने, मसी लगाउने, नाम रुजु गर्ने र मत दोह¥याएर हाल्नका लागि आउनबाट सचेत रहने उपायलगायत विषयमा प्रशिक्षित गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।

तालिमपछि कात्तिक २८ र २९ गते मतदानका लागि चाहिने आवश्यक सामग्री हस्तान्तरण गरी कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा पठाइने उहाँले भन्नुभयो । मुख्य निर्वाचन अधिकृत निरौलाले निर्वाचन निष्पक्ष एवं स्वतन्त्ररुपमा हुने भएकाले निर्वाचन गर्न सबैलाई आग्रह गरे ।