बारा ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित



बारा । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा दोस्रो जित हात पारेको छ । बारा क्षेत्र नम्बर ४ मा कृष्णकुमार श्रेष्ठ २० हजार २ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित भएका छन् ।

मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए। यसअघि एकीकृत समाजवादीले अछाम–१ बाट पहिलो जित निकालेको थियो ।