बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित November 20, 2022 Share on Facebook Tweet on Twitter बागलुङ । बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ । उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।