बाँके–३(१) मा एमालेका रत्न खत्री विजयी



बाँके । बाँके–३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेकाे निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् । नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाएका छन् ।