बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी, ऐन महर पराजित



बझाङ । बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले जित हासिल गरेका छन्।

मुख्य निर्वाचन कार्यालयले दिएको अन्तिम मत परिणामअनुसार मन्त्री जोशी २८ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार ४१२ मत ल्याएर पराजित भएका छन्।