बझाङको प्रदेश (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी



बझाङ । बझाङको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार अफिलाल ओखेडालाई तीन हजार सात सय ७६ मतान्तरले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका सिंहले १७ हजार एक सय १२ तथा ओखेडाले १३ हजार तीन सय ३६ मत प्राप्त गरेका छन् । यस्तै राप्रपा नेपालका कर्णबहादुर खड्काले चार सय २६ र राप्रपाका हरिलाल भट्टराईले चार सय चार मत प्राप्त गरेका छन् ।