प्रधानसेनापतिद्वारा तीन रथीलाई दज्र्यानी चिह्न प्रदान



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सीताराम खड्कालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरे ।


मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उहाँहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

सैनिक मुख्यालयले उपरथी थापालाई सुदुरपश्चिम पृतनापति र उपरथी तामाङ्गलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी दिएको छ ।