प्रधानमन्त्री देउवाद्वारा मतदान



डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नै गृह जिल्लामा रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।