काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले पुनः स्पष्टीकरण सोधेको छ ।गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डलाई प्रचारप्रसारमा टोपी प्रयोगका सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।
यस्तै प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । दुवै जनालाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो । २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।