पर्सा-४ ‘क’ मा कांग्रेसका शंकर प्रसाद थारु विजयी



वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र ४ ‘क’ मा कांग्रेसका शंकर प्रसाद थारु विजयी भएका छन् । थारुले एमालेका जय प्रकाश थारु लाई १ हजार ७ सय १६ मतले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शंकरले १२ हजार १५४ मत ल्याएका छन् । जय प्रकाशले १० हजार ४ सय ३८ मत ल्याएका छन् । पराजित भएका जय प्रकाश थारु एमाले पर्साका अध्यक्ष समेत हुन् ।