पर्सा क्षेत्र नं ४ को प्रदेश सभा-२ जसपाका सिंगासन निर्वाचित



वीरगञ्ज । पर्सामा जनता समाजवादी पार्टी नेपालले खाता खोलेको छ । पर्सा क्षेत्र नं ४ को प्रदेश सभा–२ बाट जसपाले खाता खोलेको हो ।

जनता समाजवादी पार्टीका सिंगासन सा कलवार १५ हजार ३८५ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।


उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन् । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ चाँद तारा कुमारी १ हजार ७६५ मात्रै ल्याएकी छन् ।

द्द०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन नै निर्वाचित भएका थिए । उनले ११ हजार ७०८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बशिष्ट नारायण कुर्मीले ६ हजार २७ मत ल्याएका थिए ।