निहारिका राजपुतका छोराको डीएनए शिवराजसँग मिल्यो



काठमाडौँ । निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीका अनुसार निहारिकाका छोराको डीएनए आरोपी शिवराजसँग मिलेको हो ।

लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए ।


उच्च अदालत, जनकपुरले निहारिकाका छोरा र शिवको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो । शिवराजले बलात्कार गरेपछि छोरा जन्मिएको निहारिकाको आरोप थियो। शिवराजले चाहिँ आरोप अस्वीकार गर्दै आएका थिए।