नागाल्याण्डको मोनमा जेलबाट नौ कैदी फरार



नागाल्याण्डको मोनमा जिल्ला कारागारबाट शनिबार नौ जना कैदीहरू भागेका छन् । अहिले भगुवा कैदीहरूको व्यापक खोजी अभियान सुरु गरिएको छ ।

उप–विभागीय प्रहरी अधिकारी अपोङ यिमले फोनमा एएनआईलाई बताएअनुसार “मोन जिल्ला कारागारका नौ कैदीहरू शनिबार बिहान जेलबाट भागेको र अहिले व्यापक खोजी अभियान जारी छ ।


प्रहरीका अनुसार नौ कैदीमध्ये दुई जना सजाय पाएका र सात जना पुर्पक्षका लागि थुनामा राखिएका कैदी रहेका थिए । उनीहरू जेलको फलामको ढोका र हतकडीको ताला तोडेर फरार भएको बताइएको छ ।