नवलपुर : दुवै क्षेत्रमा कांग्रेसकाे अग्रता कायमै



नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी मतगणनामा प्रतिनिधिसभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसकाे अग्रता कायमै रहेको छ । दुवै क्षेत्रमा सुरुआती अग्रता कायम गरेको कांगे्रसले त्यो लयलाई अझ कायम राखेको छ ।

प्रतिनिधिसभा १, तर्फ कांगे्रसका उम्मेदवार डा शशाङ्क कोइरालाले एक हजार एक सय ७९ मतको अग्रता कायम गरेका छन् । उनले दुई हजार नौ सय ९४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार कृष्ण पौडेल एक हजार आठ सय १५ मत प्राप्त गरेका छन् ।


प्रतिनिधिसभा क्षेत्र नम्बर २, तर्फ कांगे्रसका उम्मेदवार विष्णुकुमार कार्कीले छ सय १९ मतको अग्रता कायम गरेका छन् । उनले सात हजार आठ मत प्राप्त गर्दा एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले छ हजार तीन सय ८९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ दुई गठबन्धनको अग्रता रहेको छ भने दुई वटामा एमालेको अग्रता कायम छ । प्रदेशसभा १ (१) कांगे्रसका उम्मेदवारले दुई हजार छ सय ९७ र एमालेका उम्मेदवारले दुई हजार एक सय ५६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा १ (२)मा माओवादी केन्द्रका उम्मेदवारले दुई हजार पाँच सय ८८ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले दुई हजार ५० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ (१)मा एमालेका उम्मेदवारले सात हजार दुई सय ६६ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवारले पाँच हजार दुई सय ७८ मत प्राप्त गरेकाछन् ।

प्रदेशसभा २(२)मा एमालेका उम्मेदवारले सात हजार ३७ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवारले चार हजार नौ सय छ मत प्राप्त गरेका छन् ।